विपिन र स्वस्तिमा उत्कृष्ट नायक नायिका घोषित

काठमाडौं,

नायक विपिन कार्की र नायिका स्वस्तिमा खड्का उत्कृष्ट नायक नायिका घोषित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ०७६ को छैटौं संस्करणको लागि यी नायक नायिका उत्कृष्ट घोषित भएका हुन् । विपिनले प्रसाद र स्वस्तिमाले बुलबुलवाट अवार्ड जितेकी हुन् ।

आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा ११ विधामा अवार्ड प्रदान गरिएको हो । । उत्कृष्ट फिल्म ‘बुलबुल’ भएको छ भने उत्कृष्ट निर्देशकका लागि ‘बुलबुल’ का विनोद पौडेलले अवार्ड जितेका छन् ।

इनास अवार्ड प्राप्त गर्नेहरुमा उत्कृष्ट लेखन सुशील पौडेल (प्रसाद), उत्कृष्ठ सम्पादन निमेष श्रेष्ठ (साहिली), उत्कृष्ट छायांकन पुरुषोत्तम प्रधान (छक्का पञ्जा ३), उत्कृष्ट संगीत दिपक शर्मा (छक्का पञ्जा ३), पुरुष गायनमा प्रताप दाश (रोज) फूल होइन काँडा र महिला गायनमा प्रविशा अधिकारी (रोज) फूल होइन काँडाले इनास अवार्ड जितेका छन् ।

त्यसैगरी उत्कृष्ट नृत्य निर्देशनका लागि कविराज गहतराज (भैरे) वाट छानिएका छन् । यसका साथै सर्वश्रेष्ठ चलचित्र गोपी र सर्वश्रेष्ठ अभिनेत्री दीपाश्री निरौलालाई चलचित्र छक्कापञ्जा ३ का लागि जुरी अवार्ड प्रदान गरिएको छ ।