स्वास्थ्य सचिव डा. चौधरीले दिइन् राजीनामा, २ वर्ष कार्यकाल अझै बाँकी

काठमाडौं । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले राजीनामा दिएकी छन् । करिब दुई वर्ष कार्यकाल बाँकी रहँदै उनले लिखित राजीनामा दिएकी हुन् ।

चौधरीले लिखित राजीनामा पत्र स्वास्थ्य मन्त्रालयमा बुझाएकी हुन् । हाल स्वास्थ्य मन्त्रालयमा चौधरीसँगै खगराज बराल सचिवको रुपमा कार्यरत छन् ।

अब राजीनामा मन्त्रीपरिषदले स्वीकृत गर्नेछ । गत वर्ष कार्तिक ७ गते चौधरीलाई स्वास्थ्य सचिवबाट दायित्व विमुख गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको थियो ।

मन्त्रिपरिषद कार्यालयमा उनलाइ कुनै जिम्मेवारी दिइएको थिएन । उक्त निर्णय विरुद्ध सचिव चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटमा उनलाइ मन्त्रालय फर्कन अन्तरिम आदेश दिइएको थियो । त्यसपछि चौधरी स्वास्थ्य सचिव कै रुपमा कार्यरत थिइन् ।