आर्सनल एफ ए कपको चौथो चरणमा प्रवेश

आर्सनल एफ ए कपको चौथो चरणमा प्रवेश


एफए कप फुटबलमा आर्सनल चौथो चरणमा प्रवेश गरेको छ ।

मंगलबार विहान सकिएको खेलमा आर्सनलले अक्सफोर्ड युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ३ गोल नै दोस्रो हाफमा भएका हुन् । दोस्रो हाफमा एडवर्ड एनकेटियाले २ गोल गर्दा मोहमद एलिनीले एक गोल गरेका थिए । ६३ औं मिनेटमा मोहमद एलिनीले फावियोको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७० ओं मिनेटमा फावियोकै पासमा एडवर्डले गोल गर्दै अग्रता दोब्बर पारे । ७६ औं मिनेटमा एडवर्डले व्यक्तिगत गोल गर्दै ३–० को जित पक्का गरे ।

Logo