सुदूरपश्चिममा सभामुखको मनोनयन आज

सुदूरपश्चिममा सभामुखको मनोनयन आज


सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुने भएको छ ।

प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार आज बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय तोकिएको छ । निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा व्यस्त छन् ।

एमाले नेतृत्वको गठबन्धनमा भागबन्डाका क्रममा सभामुख पाउने माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवारको विषयमा टुंगो नलागेको जनाएको छ । नेपाली कांग्रेसले पनि प्रदेश सरकार गठन र सभामुखको उम्मेदवार मनोनयनका सम्बन्धमा छलफल गर्न दलको बैठक बोलाएको छ ।

Logo