पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्छ -राजेन्द्र लिङ्देन

पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्छ -राजेन्द्र लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताएका छन् । 

बुधवार ३०१औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष लिङ्देनले पृथ्वी जयन्तीको दिनमा सरकारले सार्वजनिक बिदा दिएर मात्रै नपुग्ने बताए । उनले यो दिनलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताए । यद्यपी पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको उनको भनाई छ । 

राप्रपाको मागलाई सरकारले स्वीकार गरेको भन्दै आफूहरुको लागि यो दिन विजयोत्सवको दिन पनि भएको अध्यक्ष लिङ्देनले बताए ।उनले सरकारको न्युनतम साझा कार्यक्रममा राप्रपाको माग समेत समेटिएकाले सरकारमा जाने ढोका खुलेको बताए । 

Logo