चीनमा मानिसको भीडमा कार हाँक्दा ५ जनाको मृत्यु, १३ घाइते

चीनमा मानिसको भीडमा कार हाँक्दा ५ जनाको मृत्यु, १३ घाइते


चिनियाँ प्रहरीले ग्वान्झाउमा पाँच जना पैदलयात्रीको मृत्यु हुने गरी कार हाँकेर १३ जनालाई घाइते बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

घटनाप्रति सर्वसाधारणको जनआक्रोश फैलाएको छ । धेरैले मानिसलाई जानाजानी लक्षित गरेर आक्रमण गरेको आरोप लगाएका छन् । अनलाइन पोस्ट गरिएका भिडियोहरूले दुर्घटना  लगत्तै चालकले कारबाट बाहिर निस्केको र बैंक नोट हावामा फालेको देखाएको छ । प्रहरीले २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ र अनुसन्धान सुरु गरेको छ ।

१ करोड ९० लाख जनसंख्या भएको दक्षिणी ग्वान्झाउको व्यस्त जक्सनमा बुधबार साँझ भीडमा उक्त घटना भएका थियो । पछिल्लो समय यस्ता घटनाहरु दोहोरिने गरेका छन् । सन् २०२२ को फेब्रुवरीमा  एक चालकले दक्षिणी प्रान्त फुजियानमा मानिसहरूमाथि एउटा मिनी ट्रक जोताउँदा तीन जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भए ।

Logo