राष्ट्रिय भलिबलः एपिएफ तेस्रो

राष्ट्रिय भलिबलः एपिएफ तेस्रो


साताैँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले तेस्रो स्थान हासिल गरेको छ । 
    
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको खेलमा  एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थानमा पुगेर रु एक लाख प्राप्त ग-यो । 
    
खेलमा पहिलो सेट भने पुलिसले जित्यो । पुलिसले एपिएफमाथि २५–१५ ले आफ्नो पक्षमा पा-यो । त्यसपछिको सबै खेल एपिएफले जित्यो । एपिएफले दोस्रो सेट २५–२० ले जित्यो भने तेस्रो सेट २५–२३ ले विजयी हुनाका साथै चौथो तथा अन्तिम सेट पनि २५–१८ ले जित्यो । 

सोही प्रतियोगिताको पुरुषतर्फको अन्तिम चरणको खेलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । उक्त च्याम्पियनशिपको उपाधि विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ । 

Logo