प्रचण्डलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

प्रचण्डलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै


भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको निम्तो दिन उनी नेपाल आउन लागेको भारतीय दूतावास स्रोतले जनाएका छ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुनसक्ने बताएका थिए । नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार सचिव क्वात्रा जनवरीको अन्तिम साता नेपाल आउने छन् । 

नेपालमा उनले प्रधानमन्त्री प्रचण्डसँग भेटेर भारत भ्रमणको निमन्त्रणा दिनुको साथै परराष्ट्र सचिवसँग दुई पक्षीय छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड फरवरीको दोस्रो सातासम्म भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ । सचिव क्वात्रा यसअघि नेपालकै राजदूत भएका थिए । 

Logo