प्रदेश नं २ को सर्वपक्षीय बैठक सम्पन्न, आइसोलेसनमा पाँच सय शैय्या थप्ने निर्णय

प्रदेश नं २ को सर्वपक्षीय बैठक सम्पन्न, आइसोलेसनमा पाँच सय शैय्या थप्ने निर्णय


जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश नम्बर २ मा तत्काल ५ सय शैय्याको उपचार सहितको आइसोलेसन बेड थपिने भएको छ । कोरोना महामारीले भयावहको रुप लिन थालेपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकले ५ सय आइसोलेसन शैय्या थप गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री निवासमा भएको बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरु तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ । कोरोना परीक्षणलाई तीव्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा समाजिक विकास मन्त्री नवलकिसोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुनकुमार पोखरेल, डा. रामकेवल साह जितेन्द्रकुमार यादव सहितको सहभागिता रहेको थियो ।

Logo