गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ जारी

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ जारी


उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरू भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले यो मुद्दाको अन्तिम सुनुवाइ गरिरहेको छ। संवैधानिक इजलासमा कायममुकायम मुख्यन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन्। आजको इजलासमा मोबाइल फोन चलाउन प्रतिबन्ध लगाइएको छ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानमन्त्रीको भूमिकासहित गृहमन्त्री नियुक्त भएका थिए। रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए।

लामिछानेविरूद्ध अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको भन्दै मुद्दा परेको हो। साथै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ। 

Logo