नेपाल सर्ट फिल्म प्रतियोगिता शुरु, स्क्रिप्ट आफै उत्पादन गर्नुपर्ने

नेपाल सर्ट फिल्म प्रतियोगिता शुरु, स्क्रिप्ट आफै उत्पादन गर्नुपर्ने


नेपाल फिल्म कलेज र म्युजिक नेपालको सहकार्यमा सर्ट फिल्म प्रतियोगिता हुने भएको छ । बिहीवार एक कार्यक्रम गरी उक्त कुराको जानकारी गराइएको हो । 

फिल्मको स्क्रिप्ट पठाउन बिहीवारबाट नै खुला गरिएको आयोजक टिमले बताएको छ । सर्ट फिल्ममा केही गर्न चाहने व्यक्तिहरुको सजिलोका लागि प्रतियोगिता हुन लागेको हो । फिल्मको स्क्रिप्ट लेख्न, सम्पादन लगायत कामहरुमा पनि सहयोग गरिने भएको छ । 

उक्त प्रतियोगितामा इच्छुक फिल्मकर्मीले जुनसुकै विषयलाई समेटेर ५ देखि १० मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन चाहने फिल्मकर्मीले सर्वप्रथम स्क्रिप्ट बुझाउनुपर्नेछ । स्क्रिप्ट तयार गरेर फिल्म क्याम्पसलाई मेल गर्नुपर्नेछ । त्यसपछि पठाएकामध्ये १० स्क्रिप्ट छानी फिल्म बनाउन लगाइने छ । 

प्रतियोगितामा भाग लिन चाहनेहरुले कही कतैबाट स्क्रिप्ट कपी नगरी आफै उत्पादन गर्नुपर्ने नायिका सुरक्षा पन्तको भनाइ छ । 
 
त्यस्तै, म्युजिक नेपालका प्रतिनिधि राजीव लोहनीका अनुसार सर्ट फिल्म बनाउनुको मुख्य उद्धेश्य चलचित्रमा लागेका नयाँ कलाकारहरुले सिधै चलचित्रमा छिर्न नपाउने हुनाले यस प्रतियोगिताले उनीहरुलाई माथि जान मद्दत गर्ने बताउँछन् । 
 
प्रतियोगितामा उत्कृष्ट फिल्मले दुई लाख रुपैया नगद प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट कलाकारले ५० हजार र छानिएका १० वटा फिल्म निर्माणकर्मीहरुले ७५ हजार नगद प्राप्त गर्न सक्नेछन् ।

Logo