राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै


संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक अपरान्ह ३ बजेर ५९ मिनेटमा सुरु हुनेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ । विधेयकबारे राष्ट्रिय सभा सदस्यहरूले आ–आफ्नो धारण राख्नेछन् । 

Logo