रवि लामिछानेको बारेमा के भन्छन् सर्वसाधारण ? [भिडियाेसहित]

रवि लामिछानेको बारेमा के भन्छन् सर्वसाधारण ? [भिडियाेसहित]


रवि लामिछाने नागरिकता र राहदानी प्रकरणपछि विवादमा तानिएका छन् । हालै सम्पन्न आम निर्वाचनमा उम्मेदवारी दिएका लामिछानेले २०५० सालमा निकालेको र अमेरिकी नागरिक भएपछि बदर गरिएको नेपाली नागरिकता प्रयोग गरेको पुष्टि भएपछि चर्चा बढेको हो । पहिलेकै नागरिकता प्रयोग गरी गत असार २७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका रविको नागरिकता सर्वाेच्च अदालतले अवैध ठहर गरेपछि उनी झन् चर्चामा छन् । 

लामिछानेको नागरिकता र राहदानी सम्बन्धी विवादपछि यस बारेमासर्वसाधारणको मिश्रित प्रतिक्रिया आएको छ । नागरिकता विवादको मुद्धाको फैसालापछि रविले सांसद, गृहमन्त्री तथा पार्टी सभापतिको पद समेत गुमाएका थिए । यद्यपि नागरिकता नयाँ बनाएसँगै उनको सभापति पद भने फिर्ता भएको छ । यति बेला सञ्चारमाध्यमदेखि समाजिक सञ्जाल तथा चियापसलदेखि सिहंदवारसम्म रबिकै चर्चा छ । उनको नागरिकता तथा राहदानी विवादमा सर्वसाधारणको कस्तो प्रतिक्रिया छ त ?

भिडियो लिंकhttps://www.youtube.com/watch?v=9mJtY_3Vl8Y

Logo