काँग्रेसमा सत्ताबाट हट्नु परेको छटपटी सुरु भयाे -प्रदीप ज्ञवाली

काँग्रेसमा सत्ताबाट हट्नु परेको छटपटी सुरु भयाे -प्रदीप ज्ञवाली


सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन् । 

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढन पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क थियो । रफ्त सञ्चार क्लवले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतीलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरु दृढतापूर्वक उभिनुपर्ने पनि बताए । 

उनले काँग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकीर समेत गरे । 

उपमहासचिव ज्ञवालीले काँग्रेसमा सत्ताबाट हट्नु परेको छटपटी सुरु भएको आरोप समेत लगाए । उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । 

Logo