नबिल बैंकलाई उत्कृष्ट बैंकको उपाधि

नबिल बैंकलाई उत्कृष्ट बैंकको उपाधि


काठमाडौं ।

नबिल बैंक यूरो मनीद्वारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित भएको छ । नबिल बैंक दोस्रो पटक उत्कृष्ट बैंक घोषित भएको हो ।

बेलायतको प्रतिष्ठित पत्रिका यूरो मनीले लगातार दोस्रो पटक नबिल बैंकलाई नेपालको उत्कृष्ट बैंक घोषित गर्दै पुरस्कृत गरेको हो । बैंकले सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर नबिल बैंकलाई यो अवार्ड प्रदान गरिएको हो ।

नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्य सम्पादन मूल्याङकन गरी उत्कृष्ट ठहरिँदै यूरो मनीले पुरस्कृत गरेको विज्ञप्तिमा जनाएको छ । ‘यूरो मनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । यो सन् १९९२ मा स्थापना भएको हो ।

Logo