आइएमई पे र श्रीयोग कन्सल्टिङबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता


आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा. लिबीच आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहने सम्झौता भएको छ ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ उक्त सम्झौता गरिएको हो । सम्झौता फेब्रुअरी ८ बाट लागु हुने छ । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन् । सम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकाश हुँदै जाने दुवै कम्पनीको विश्वास छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पेले सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई पेले २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

Logo