मलाई अध्यक्षमा नउठ्न दवाव आएको छ : सुनैना घिमिरे पाण्डे (भिडियो सहित)

काठमाडौं,

कम्प्यूटर एसोसिएसन नेपाल (क्यान) को आसन्न निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेले अध्यक्षमा उम्मेदवारी दिनु भएको छ । उहाँको उमेद्वारीसँगै अहिले चर्चा परिचर्चा चलिरहेको छ ।

क्यान महासंघको निर्वाचनको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले गएको शनिवार आफ्नो उम्मेदवारी दिनु भएको थियो ।

अध्यक्षका प्रत्यासी पाण्डेले आफूले क्यानलाई सूचना प्रविधिको क्षेत्रमा शसक्त, सबल र अनुसन्धानमुलक संस्थाको रुपमा अगाडि बढाउने बताउनु भएको छ । उहाँले सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको एकमात्र छाता संगठन क्यान महासंघलाई सहि नीति र नेतृत्वले मात्र अगाडि बढाउन सक्ने बताउँदै आउनु भएको छ ।

उहाँको यो इच्छा शक्ति अभिव्यक्ति हुँदै गर्दा केहि व्यक्तिहरुले उहाँलाई अध्यक्षमा नउठ्न दबाब दिदै आएका छन् । केन्द्रबिन्दु टेलिभिजनको कुराकानीमा उहाँले सो कुरा खुलाउनु भएको छ । हेरौं उहाँसँग केन्द्रबिन्दु मिडियाका सम्पादक दिवश गुरागाईंले गर्नु भएको कुराकानीको अंश यो भिडियोमा :

मलाई अध्यक्षमा नउठ्न दवाव आएको छ : सुनैना घिमिरे पाण्डे (भिडियो सहित)