#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1273268856504547322937435350
नेपाल167193882398442

बानेश्वरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं,

राजधानीको नयाँ बानेश्वरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि गाडीको ठक्करबाट अन्दाजी ५० वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ । मृतकको नाम, ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बाँकेको कोहलपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे ८ प ९६७८ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मृतक २६ वर्षीय खत्री कोहलपुरका स्थानीय बासिन्दा हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय निराजन खत्री घाइते भएका छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार