उपराष्ट्रपतिका उम्मेदवारविरुद्धको उजुरीमा जाँचबुझ गरी अन्तिम नामावली आजै प्रकाशन हुने

उपराष्ट्रपतिका उम्मेदवारविरुद्धको उजुरीमा जाँचबुझ गरी अन्तिम नामावली आजै प्रकाशन हुने


उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुुने भएको छ ।

उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । शनिबार जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो ।  

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ । 

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।

Logo