माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु

कास्की,

पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ ।

सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदार मध्ये तीन जनाको शव बाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो ।

अझै तीन–चार जना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का स्थानीयवासीले गरेका छन् । पुरिएकालाई बाहिर निकाल्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । अहिले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु