सुनसरी,
शनिबार भएको उपनिर्वाचन अन्र्तगत नतिजा आउन बाँकी सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।
सोमबार सकिएको मतगणनाको नतिजा अनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ मतले पछि पार्दै तिलक विजयी बनेका हुन् ।
काँग्रेसका तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्दा नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाए । यसको आधिकारीक घोषणा हुन भने बाँकी छ । यस्तै वडा नं ७ मा भने नेकपाले एक मतले जित हात पारेको छ ।