सन्तोषीको ऐतिहासिक स्वर्णदेखि अत्याधुनिक मौसमी राडार उद्घाटनसम्म (भिडियो सहित)

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये नेपालमा चलिरहेको १३ औं दक्षिण एशियाली खेलको चर्चा सहितको समाचार सर्वाधिक चर्चामा परेको छ । मंशिर १५ गतेदेखि नेपालमा शुरु यस प्रतियोगितामा आजसम्मको खेलको अवस्था हेर्दा नेपालले उत्कृष्ट प्रर्दशन मात्र गरेको छैन, शिर्षस्थानमा रहेको छ । आजको खेलमा इतिहास रच्न सफल खेलाडीको समाचार पनि मुख्य समाचारमा परेको छ ।

यसअघि हुने गरेको मौसमको पूर्वानुमान अब भने वास्तविक अनुमान नै हुने समाचार पनि आज मुख्य रुपमा आएको छ ।

यस्तै प्रविधिको प्रयोग सम्बन्धि समाचार अन्तर्गत अनलाईन व्यापारबाट हुने गरेको ठगी सम्बन्धि समाचारले पनि आज केन्द्रबिन्दु टप समाचारभित्र परेको छ । यस्तै मलेसियाले मागेको ३१ हजार कामदार सम्बन्धि समाचार तथा मंशिर लागेपछि सेलिब्रेटीहरुको पनि घरजम शुरु हुन लागेको समाचार आजको टप ५ भित्र परेको छ । हेरौं यो भिडियोमा :

ताजा समाचार

सन्तोषीको ऐतिहासिक स्वर्णदेखि अत्याधुनिक मौसमी राडार उद्घाटनसम्म (भिडियो सहित)