बारा-२ मा उमेदवारको टुंगो लगाउँदै एमाले

बारा-२ मा उमेदवारको टुंगो लगाउँदै एमाले


नेकपा एमालेले बारा-२ का लागि आज उमेदवारको टुंगो लगाउँदै छ। एमालेले आज उमेदवार टुंग्याउने र मनोनयन गराउने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल एमालेको शनिबार बसेकाे सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्याैपानेलाई उमेदवार बनाउने निर्णय गरेकाे थियाे एमालेले चुनावमा अरूलाई समर्थन नगर्ने र पार्टीकै उमेदवार हुने  दाबी छ । 

उपनिर्वाचन हुने तीनै क्षेत्रमा आज उमेदवारकाे मनाेनय हुँदै छ । तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनकाे उमेदवारी मनाेनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मकाे समय ताेकिएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

Logo