एनएमबि बैंकको ऋणपत्र बिक्री खुला

एनएमबि बैंकको ऋणपत्र बिक्री खुला


एनएमबि बैंकले मंगलबारदेखि चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बैंकले बिक्री खुला गरेको  हो ।

सो ऋणपत्र मध्ये २४ लाख इकाई बैंकको पहलमा अन्य संघसंस्थालाई बिक्री गरिनेछ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो । न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बैंकका अनुसार उक्त ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको छ । 

यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ । यस ऋणपत्रमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख ५ गतेसम्म खुला रहनेछ ।

एनएमबि बैंकले १० वर्ष अवधिको एनएमबि डिबेन्चर १०.७५ प्रतिशत २०८९/९० जारी गरेको हो । यसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने जानकारी दिएको छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

Logo