प्रधानन्याधिसलाई राजीनामा दिन रविन्द्र मिश्रको सुझाव

प्रधानन्याधिसलाई राजीनामा दिन रविन्द्र मिश्रको सुझाव


काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधान्यायधीश चोलेन्द्रशमशेर राणालाई राजीनामा दिन सुझाब दिएका छन् । शनिबार पूर्व डीआइजी रञ्जन कोइरालालाई उन्मुति दिइएको विषयमा विरोध गर्दै आयोजित कार्यक्रममा बोल्दै संयोजक मिश्रले त्यस्तो सुझाव दिएका हुन् । श्रीमती हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद भोगिरहेका पूर्वडीआईजी कोइरालालाई सर्वोच्चले उन्मुक्ति दिएको थियो । न्यायालयको सम्मानको लागि प्रधानन्याधिसमाथि महाअभियोग लगाउन उपयुक्त नहुने संयोजक मिश्रको भनाइ छ ।

‘न्यायका लागि साझा यात्रा’ नामको विरोध र्‍यालीमा सहभागीहरुले ‘गैरन्यायिक फैसला चाहिँदैन, दोषीलाई उम्काउन पाइँदैन’, ‘गैरन्यायिक फैसला खारेज गर’, ‘घुसखोर, कमिसनखोर र बिचौलियालाई जेल हालौं’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Logo