इन्जिनियरका प्राध्यापकहरुवीच शुभकामना आदानप्रदान

इन्जिनियरका प्राध्यापकहरुवीच शुभकामना आदानप्रदान


नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा अध्यापनरत प्राध्यापक तथा कर्मचारीहरुबीच नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेज त्यही रुपमा स्थापित होस् भनी शुभकामना व्यक्त गरे ।

नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेजलाई केही तत्वहरुले निजी बनाउने दुष्प्रयास गरेको चर्चा गर्दै कुनै हालतमा पनि निजी बनाउन नदिने घोषणा गरे ।

कार्यक्रमका कलेजका सहायक प्राचार्य दुर्गाप्रसाद भण्डारी, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष दीपक धामी, प्रगतिशील प्राध्यापक संघका अध्यक्ष दिगम्वर खोटेजा, प्रशासन प्रमुख श्रीमा शर्मा, स्वतन्त्र कर्मचारी संघका अध्यक्ष मनोहर खनाललगायतले कलेजलाई कुनै हालतमा पनि निजी हुन नदिने सामूहिक प्रतिबद्धता जनाए ।

Logo