आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

गुलरिया,

आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बर्दियाले एक जनालाई नियन्त्रणमा लिएको छ ।

आफ्नै १८ वर्षीया छोरीलाई यातना दिएर जबर्जस्ती करणी गर्दै आएको आरोपमा ४० वर्षीय एक पुरुषलाई मधुवन नगरपालिका–६ बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत मंगलबार मात्रै भारतको ब्याङ्लोरबाट नेपाल फर्केर नेपालगञ्ज बजारको न्यूरोडस्थित एक होटलमा राखेर डर–धम्की देखाउँदै पुनः जबर्जस्ती करणी गरेपछि पीडितले उजुरी गरेकी थिइन् ।

यसरी पटकपटक आफ्नै बुबाले जबर्जस्ती करणी गरेको भन्ने पीडितको उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । अहिले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ