दश निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

दश निर्माण व्यवसायी कम्पनी कालोसूचीमा


विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने दश वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखिएको छ ।’

‘कालो सूचीमा राखिएका निर्माण व्यवसायी आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन्,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

 

Logo