विकासका लागि नयाँ औजार लिएर अगाडि बढ्न अर्थमन्त्रीको आग्रह

विकासका लागि नयाँ औजार लिएर अगाडि बढ्न अर्थमन्त्रीको आग्रह


अर्थमन्त्री डा. प्रकाशशरण महतले स्विस राजदूत एलिजाबेथ भोन केपलर डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई)का प्रतिनिधिबीच भेटवार्ता गरेका छन् । बुधबार भएको भेटवार्तामा अर्थमन्त्री डा. महतले उनीहरूसँग नेपालमा निजी लगानी विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् । 

नेपालको विकासमा आवश्यक निजी पुँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ। प्रक्रियागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा डिएफआईका प्रतिनिधिले सुझाव प्रस्तुत गरेका थिए । सोहीक्रममा मन्त्री डा. महतले डिएफआईका प्रतिनिधिहरूबाट प्राप्त सुझाव अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायता कम गरी विकासका लागि नयाँ औजार लिएर अगाडि बढ्न पनि मन्त्री डा. महतले बताए ।

Logo