सशस्त्र प्रहरीका पूर्वडिआईजी कोइराला आज जेलमुक्त

सशस्त्र प्रहरीका पूर्वडिआईजी कोइराला आज जेलमुक्त


काठमाडौं ।

श्रीमती हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआईजी रञ्जन कोइराला आज जेलमुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संयुक्त इजलासले उनलाई जेलमुक्त गर्ने फैसला सुनाएको थियो ।

सर्वोच्चको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर उनी आज जेलमुक्त भएका हुन् ।

उनले ०६८ माघमा पत्नी गीता ढकालको हत्या गरेका थिए । गीताको हत्या गरी पोको पारेर जलाएको अभियोग पुष्टि भएपछि उनी सर्वस्वसहित कारागार चलान भएका थिए ।

गत असार १५ गते कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । प्रधानन्यायाधीश राणासहित तेजबहादुर केसीको इजलासले कोइरालाको सजाय घटाउने फैसला गरेको थियो।

Logo