आज कतिमा किनबेच हुँदैछ सुनचाँदी ?

आज कतिमा किनबेच हुँदैछ सुनचाँदी ?


नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २०० रुपैयाँले बढेर १ लाख ९ हजार ७०० रुपैयाँ कायम रहेको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
 

Logo