नवीकरण नगरेका ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

नवीकरण नगरेका ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज


सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो। तर सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि निर्माण व्यवसाय प्रबर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको हो।

 

Logo