#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31938500978112743667123523717
नेपाल678044361741449954

नेकपा र राजपा नेपालबीचको सहमतिले सकारात्मक बाटो दिन्छ : महतो

काठमाडौँ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच भएको २ बुँदे सहमतिले सकारात्मक बाटो बनाएको बताएका छन् ।

काठमाडौँमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले दुई बुँदे सहमतिले पार्टी बीच सम्बादको थालनी हुने बातावरण बनाए पनि सरकारमा जाने वा समर्थन गर्ने बाटो नखुल्ने बताए । संयोजक महतोले नेकपा र राजपाबीचको सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच सम्वाद जारी राख्ने विषय भने स्पष्ट पारेको बताए ।

उनले पछिल्लो २ बुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको ‘डेडलक’ अर्थात सम्वादहीनताको अवस्था भने अन्त्य गरेको स्पष्ट पारे ।

सम्बन्धित समाचारहरु