बैतडीमा ८० हजार बाख्रालाई पीपीआर खोप

बैतडीमा ८० हजार बाख्रालाई पीपीआर खोप


बैतडीमा ८० हजार  बाख्रालाई पीपीआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पीपीआरविरुद्धको खोप लगाइएको हो । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पीपीआर रोगबाट बचाउन बाख्रालाई खोप लगाइएको हो ।

केन्द्रले जिल्लाका १० वटै स्थानीय तहमा बाख्रालाई लगाउनका लागि पीपीआर खोप पठाइएको र सोहीअुनसार लगाइएको जनाएको छ । यो अभियान दुई महिनासम्म सञ्चालन भएको थियो । 

पीपीआर रोगबाट बाख्रालाई बचाउनका लागि  जिल्लाभारी  खोप अभियान सञ्चालन गरिएको प्रमुख पन्तले बताए । उनले भने, “बाख्रामा पीपीआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना रहेकाले त्यो रोगबाट बचाउन खोप अभियान सञ्चालन गरिएको हो । क्षति नहोस भनेर सरकारले पीपीआर खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।”

बाख्रामा पीपीआर रोग लागेमा पखाला लाग्ने, -याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् । गत वर्ष पनि बाख्रालाई पीपीआर खोप दिइएको थियो । जिल्लाभरि किसानले करिब रु डेढ लाखको हाराहारीमा बाख्रा पालेको र दुई सय बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत रहेका पन्तले जानकारी दिए ।  

Logo