#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30697825956446740142122339958
नेपाल615933901738343820

उपाधिका लागि एपिएफ र आर्मी भिड्ने

काठमाडौं ।

एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । एपिएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भूटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई तथा दोस्रो सेमिफाइनलमा आर्मीले भूटानलाई पराजित गरेको हो । एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक÷एक गोल गरिन् । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले गोल गरेका थिए ।

दोस्रो सेमिफाइनलमा आर्मीकी पूजा रानाले खेलको १० औँ मिनेटमा पहिलो गोल गरिन् । खेलको ८४ औँ मिनेटमा विमला चौधरीले आर्मीका लागि दोस्रो गोल गरिन् । एपिएफ र आर्मीबीच बुधबार उपाधिका लागि खेल हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार, सेमिफाइनल पुगेका टोलीले ५० हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार