#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1217218155216445485507071467
नेपाल164233586367752

चितवनकाे लगातार पाँचाै‌ँ जित

पाेखरा ।  दाेस्राे संंस्करणकाे पाेखरा प्रिमियर लिगमा चितवन राइनाेजले पाँचाैँ जित दर्ता गरेकाे छ । यस अघिनै प्ल्अफमा स्थान बनाइसकेकाे चितवनले आज भएकाे पाँचाैँ खेलमा काठमाडौं गाेल्डेन्सलाई पराजित गरेकाे हाे ।

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले  मंगलबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो ।

पोखरा रंगशालामा चितवनले दिएको लागि १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

कप्तान ज्ञानेन्द्रले ४० रन बनाएपनि काठमाडौंलाई जित दिलाउन सकेनन् । यस्तै पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाए ।

चितवनका सन्नी पटेल र रोहन मुस्तफाले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो

जितसंगै चितवन पाँच खेलमा पराजित रहदै फाइनल पुगेको हो । चितवनले ५ खेलमा १० अंक जोड्यो ।

सम्बन्धित समाचारहरु