परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले बेलायती राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग भेटवार्ता गरेका छन् ।
शनिबार बेलायती राजा चार्ल्स तृतीय र रानी क्यामिलाको शुभराज्याभिषेक कार्यक्रममा सहभागी भएका साउदले उच्चस्तरीय भेटवार्ता गरेका हुन् ।
सो अवसरमा परराष्ट्रमन्त्री साउदले बेलायती राजा चार्ल्स तृतीय, राजपरिवारका अन्य सदस्य र प्रधानमन्त्री ऋषि सुनकलगायतसँग भेटवार्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सो अवसरमा मन्त्री साउदले विभिन्न विषयमा कुराकानी गरेका थिए । उक्त अवसरमा मन्त्री साउदले विश्वका विभिन्न देशबाट आएका राजनीतिज्ञ र मन्त्रीहरूसँग पनि कुराकानी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया