नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप दुई जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप दुई जना पक्राउ


नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा विचौलियाको भुमिका खेलेको आरोप लागेका रामशरण केसी र गोविन्द चौधरी छन् । 

हालसम्म प्रहरीले यस प्रकरणमा संलग्न १० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पुर्जी जारी भइसकेका संघीय संसदका सांसद टोपबहादुर रायमाझी फरार छन् । मंगलबार मात्र उनको ललितपुरको सातदोबाटोस्थित निवासमा प्रहरीले छापा मारेको थियो । तर रायमाझीको बारेमा थप केही सुराक प्रहरीले पाउन सकेको छैन ।

यसअघि यस प्रकरणमा प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सांसद रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । साथै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पनि पक्राउ गरिएकाे छ । 

Logo