शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ परेका १२ जना को-को हुन् ?[भिडियाेसहित]

शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ परेका १२ जना को-को हुन् ?[भिडियाेसहित]


उच्च राजनीतिक व्यक्तिसमेत सम्मिलिन नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरण दिनप्रतिदिन गहिरिँदै गएको छ।

गिरोहमा संग्लग्न ‘हाई प्रोफाइल’ धमाधम पक्राउ पर्न थालेपछि नेताहरुको भागाभाग चलिरहेको छ। नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ।

आफु ठगिएको दाबीसहित अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् ।

ठगी गिरोहले शरणार्थी फारम भर्ने प्रतिव्यक्तिबाट १५ लाखदेखि ५० लाख रुपैयाँसम्म असुलेको बताइएको छ।

हालसम्म पक्राउ पर्नेहरू
१.
नाम – बालकृष्ण खाण
उमेर– ६३ वर्ष
ठेगाना– कपिलवस्तु
पद– पूर्वगृहमन्त्री तथा केन्द्रीय सदस्य नेपाली कांग्रेस
प्रक्राउ मिति – २०८० वैशाख २७ गते
कसुर– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहका मानिससँग नगद र चेक दुवै लिएको ।

२.
नाम – टेकनारायण पाण्डे
उमेर– ५२ वर्ष
ठेगाना – अर्घाखाँची
पद–उपराष्ट्रपति कार्यालयका सचिव एवं पूर्वगृहसचिव
प्रक्राउ मिति – २०८० वैशाख २० 
कसुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहका मानिससँग आर्थिक कारोबार गरेको

३. 
नाम –नरेन्द्र केसी
व्यवहास – पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव
प्रक्राउ मिति –२०८० वैशाख २७ गते
कसुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहका मानिससँग रु. पाँच लाख लिएको

४.

नाम –गोविन्द चौधरी
ठेगाना– मोरङ
व्यवसाय –  
प्रक्राउ मिति –२०८० वैशाख २६ गते
कसुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाको रुपमा काम गरेको 

५.

नाम –रामशरण केसी
ठेगाना–काठमाडौं
पक्राउ मिति –२०८० वैशाख २६ गते
कसुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाको रुपमा काम गरेको 

६.

नाम –केशव दुलाल
ठेगाना– मोरङ
पद – पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव
पक्राउ मिति –२०७९ चैत्र १२ गते
कसुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहका नाइके तथा योजनाकार

७ं.

नाम – सानु भण्डारी
ठेगाना– ललितपुर
व्यवसाय – व्यापारी  
प्रक्राउ मिति –२०७९ चैत्र १२ गते
कसुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा नक्कली शरणार्थी बन्न पैसा तिर्ने मान्छे खोज्ने एजेण्टको रुपमा काम गरेको

८.

नाम –टंक गुरुङ
ठेगाना–पाँचथर
पक्राउ मिति –२०७९ चैत्र १२ गते
कसुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा नक्कली शरणार्थी बन्न पैसा तिर्ने मान्छे खोज्ने एजेण्टको रुपमा काम गरेको

९.

नाम – इन्द्रजित राई
पद – पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार
प्रक्राउ मिति – २०८० वैशाख १८
कसुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा पैसा उठाउने काम गरेको

१०.

नाम – सन्देश शर्मा
उमेर– ३४ वर्ष
ठेगाना– दाङ
पक्राउ मिति – २०७९ चैत्र २९ गते
कसुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा नक्कली शरणार्थी बन्न पैसा तिर्ने मान्छे खोज्ने एजेण्टको रुपमा काम गरेको

११.

नाम – सागर राई
ठेगाना–मोरङ
पद – मोरङको पथरी शनिश्चरे नगरपालिका १० का निवर्तमान वडाध्यक्ष  
पक्राउ मिति – २०७९ चैत्र १६ गते
कसुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा नक्कली शरणार्थी बन्न पैसा तिर्ने मान्छे खोज्ने एजेण्टको रुपमा काम गरेको

१२.

नाम – सन्दीप रायमाझी
ठेगाना–अर्घाखाँची
पद – एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा  
पक्राउ मिति – २०८० वैशाख २० गते
कसुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा नक्कली शरणार्थी बन्न पैसा तिर्ने मान्छे खोज्ने एजेण्टको रुपमा काम गरेको ।

Logo