वर्तमान सरकारको कामले जनतामा सकारात्मक सन्देश दिएको माओवादीकाे दावी

वर्तमान सरकारको कामले जनतामा सकारात्मक सन्देश दिएको माओवादीकाे दावी


नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको गतिले देश र जनतालाई सकारात्मक सन्देश दिएको बताएको छ ।

समसामयीक परिस्थितिबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थीमाथि कारवाही, मिटरव्याज पीडितलाई न्याय दिन कानून निर्माण, विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आव, विदाको दिनमा कार्यालय सुचारु राख्ने कामले सकारात्मक सन्देश दिएको बताए ।

‘इतिहासमै पहिलो पटक समयमै पाठ्यपुस्तक विद्यालयमा पु-याइएको, रोकिएको घरजग्गा कारोवार फुकुवा, अर्थतन्त्रमा सुधार, खेलाडीहरुलाई पुरस्कार, दुधको मुल्यमा समायोजन, राष्ट्रिय परिचयपत्र ७७ वटै जिल्लाबाट वितरण, खाद्यवस्तुमा विषादीको परीक्षण, मौद्रिक र वित्तीय नीतिमा खुकुलोपन आदि सरकारका सकारात्मक कदमहरु हुन् ।’

सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिगरी आत्मनिर्भर हुने, रोजगारी प्रवर्द्दन कम्तिमा पाँच लाख रोजगारी सृजना गर्ने, सबैको घरधुरीमा विजुली पु-याउने, शान्ति प्रकृयाका बाँकी काम पूरा गर्ने समेटिएको बताए ।

Logo