शपथ समारोहमा सहभागी हुन पुगेका सभामुख रिसाएर बाहिरिए

शपथ समारोहमा सहभागी हुन पुगेका सभामुख रिसाएर बाहिरिए


शपथ समारोह समयमै शुरु नभएको झोकमा मधेस प्रदेशका सभामुख समारोह स्थलबाटै रिसाएर बाहिरिएका छन् । 

मंगलबार दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरुको शपथ समारोह राखिए पनि, २ बज्दासमेत कोही उपस्थित नभएपछि सभामुख रामचन्द्र मण्डल शपथको तयारी गरिएको स्थलबाट रिसाएर बाहिरिएका हुन् ।  

मुख्यमन्त्री यादवले आज कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् । यसैगरी एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् । तर उनको मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । तर उनीहरुको शपथ भने भएको छैन् ।

आजै माओवादी केन्द्रले भने मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै सरकार छोड्ने निर्णय गरेको थियो । 

Logo