अस्थिर नीतिको असर विद्युतीय सवारीमा परेकाे छ : रवि लामिछाने

अस्थिर नीतिको असर विद्युतीय सवारीमा परेकाे छ : रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विद्युतीय गाडीका करको दरमा दुईपटक परिवर्तन गरेका बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारको अस्थिर नीतिका कारण देशको अर्थतन्त्र बलियो हुन नसकेको बताएका हुन्।

आर्थिक वर्ष २०७९/०८० मा शून्यदेखि सय किलोवाटसम्मका सवारी साधनका लागि पुरानै दर अर्थात भन्सार शून्य र अन्तशुल्क १५ प्रतिशत कायमै राखिएको छ। एक सय किलोवाटदेखि दुई सय किलोवाटसम्मका सवारीमा सरकारले अन्तःशुल्क ३० प्रतिशत कायम गरेको छ।

उनले भने, “अघिल्लो सरकारले लिएको नीति पछिल्लो सरकारले परिवर्तन गर्छन् । त्यसको असर विद्युतीय सवारीमा परेकाे उदाहारण हामीले देख्न सकिन्छ । त्यसकारण राज्यले लिने नीतिमा स्थायित्व भएन भने उद्यमी, व्यावसायीको मनोबल खस्किन्छ ।"

Logo