एमाले, रास्वपा र राप्रपाका सांसदको नाराबाजीपछि संसद बैठक स्थगित

एमाले, रास्वपा र राप्रपाका सांसदको नाराबाजीपछि संसद बैठक स्थगित


संसदको बैठक स्थगित भएको छ । 

आइतबार संसदको बैठक सुरु भएलगत्तै नेकपा एमाले सहितका प्रतिपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित भएको जानकारी दिएका हुन् । 

बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरु उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले बोल्न समय दिएपनि उनीहरुले ‘देश बेच्न पाइँदैन, राष्ट्रपतिकाे असंवैधानिक प्रमाणिकरण खारेज गर’लगायत नारावाजी कायम राखेपछि बैठक स्थगित भएको हो । 

Logo