नागरिकता विधेयकमा सरकारबाट मधेशलाई ठग्ने काम भयोः सांसद झा

नागरिकता विधेयकमा सरकारबाट मधेशलाई ठग्ने काम भयोः सांसद झा


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले नागरिकता विधेयकलाई सर्टकट माध्यमबाट झारो टार्ने गरीमात्र प्रमाणीकरण गरेको आरोप लगाएका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा उनले सत्तापक्षबाट नागरिकता विधेयकलाई सर्टकट माध्यमबाट झारो टार्ने गरी प्रमाणीकरण गरेर मधेशलाई ठग्ने काम गरेको टिप्पणी गरे । उनले भने‘मधेश फेरि एकपटक ठगिएको छ सत्तापक्षबाट । नागरिकता विधेयकलाई सटकट माध्यमबाट झारो टार्ने गरी र मधेशलाई ठग्नेगरी प्रकृया गरियो ।’ 

उनले विधेयकलाई फेरि सदनमा छलफलका लागि ल्याउन माग गरे ।  

Logo