एन्फाको नयाँ वेबसाइट सार्वजनिक

एन्फाको नयाँ वेबसाइट सार्वजनिक


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ वेबसाइट सार्वजनिक गरेको छ । एन्फाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ वेबसाइट सार्वजनिक गरेको हो ।

राष्ट्रिय योजना आयोगका अध्यक्ष महेन्द्र गुरुङले नयाँ वेबसाइट सार्वजनिक गरेका हुन् । लजिस्पार्क टेक्नोलोजीले बनाएको नयाँ वेबसाइटलाई नयाँ ढाँचा र परिस्कृत रुप दिइएको छ । एन्फाले नयाँ वेबसाइट सार्वजनिक गर्दै समय सापेक्ष बनाउदै स्तरोन्नति र परिमार्जन गरिएको जनाएको छ । यस्तै एन्फाको सम्पूर्ण गतिविधि वेबसाइटबाट सार्वजनिक गर्ने जनाएको छ ।

नयाँ वेबसाइट सार्वजनिक गरेकोमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र एएफसी अध्यक्ष शेख सलमानले अनलाइनमार्फत एन्फालाई बधाई तथा शुभकामना दिएका थिए ।

Logo