नेपालको जलविद्युतमाथि भारतको एकाधिकार रोक्न सांसद सुवालको माग

नेपालको जलविद्युतमाथि भारतको एकाधिकार रोक्न सांसद सुवालको माग


नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको जलविद्युतमाथि भारतको एकाधिकार रोक्नु पर्ने बताएका छन् । 

विहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सांसद सुवालले भारतलाई दिने भनिएको आयोजना सबै फिर्ता लिनु पर्ने बताएका छन् । 

उनले भने, ‘नेपालका प्रधानमन्त्रीहरुले ४ हजार ६ सय ३९ मेगावाट अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो माथिल्लो कर्णाली,पश्चिम सेती,सेती नदी लगायतका जलविद्युत भारतको कब्जामा पुग्ने अवस्था देखिएको छ । भारतले तमोर ७ सय ५६, मुगु कर्णाली माथिल्लो अरुणको ३ हजार ७ सय मेगावाट जलविद्युत पनि फेरि कब्जा गर्ने तयारी गरिरहेको छ । सरकारले ती सबै आयोजना फिर्ता लिएर नेपाललाई सुख्खा र अध्याँरो बनाउने काम तत्काल रोक्न जरुरी छ ।’ 

Logo