नेपाललाई उच्च शिक्षाको ‘हब’बनाउनेबारे सरकारकाे ध्यान गएको छः प्रधानमन्त्री

नेपाललाई उच्च शिक्षाको ‘हब’बनाउनेबारे सरकारकाे ध्यान गएको छः प्रधानमन्त्री


पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई उच्चशिक्षाको ‘हब’बनाउने सम्भावनातर्फ नेपाल सरकारको विशेष ध्यान गएको बताएका छन् । 

आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाललाई इन्जिनियरिङ, चिकित्साशास्त्र, सूचनाएवम् डिजिटलप्रविधि, वातावरण विज्ञान आदि विषयमा उच्च शिक्षाको ‘हब’बनाउने सम्भावनातर्फ नेपाल सरकारको विशेष ध्यान गएको छ । अहिले मस्यौदा भइरहेको सरकारको वाणिज्य नीतिले पनि शिक्षा सेवालाई निर्यात योग्य सम्भावनाको क्षेत्रका रूपमा पहिचान गरेको छ।’

त्यस्तै, उनले विश्वविद्यालयहरूमा स्नातकोत्तरमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातकतहमा बढी अभ्यास र सिकाइमा जोड दिनुपर्ने बताए । 

Logo