रेशम चौधरीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

रेशम चौधरीले भेटे प्रधानमन्त्री प्रचण्डलाई


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले भेटवार्ता गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर रिहा भएका चौधरीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । सो क्रममा उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन् ।  

भेटमा सुदूरपश्चिम सरकार विस्तारलगायत समसमायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।  सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिले दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरिरहेको छ । 

Logo