परिवर्तनका प्रतिमूर्ति बालेन शाह बने विदेशी मिडिया लागि हट केक [भिडियाेसहित]

परिवर्तनका प्रतिमूर्ति बालेन शाह बने विदेशी मिडिया लागि हट केक [भिडियाेसहित]


यतिबेला सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कसैको चर्चा छ भने ती व्यक्ति हुन् बालेन शाह अर्थात, काठमाडाैँ महानगरपालिकाका मेयर। मेयर बनेदेखि चर्चामा आइरहेका बालेनको चर्चा देशमा मात्र नभएर विदेशमा पनि हुने गरेको छ।

केही दिनअघि मात्र भारतीय संसद् भवनमा राखिएको ‘गे्रटर भारत’को नक्सालाई काउन्टर दिँदै बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेपछि भारतीय मिडियाका सामु परिचित बनेका मेयर पुनः एक पटक भारतीय मिडियाका लागि चर्चाको विषय बनेका छन्।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डायलग मेटाउन तीन दिनको अल्टिमेटम दिएका थिए। फिल्ममा भएको डायलग परिवर्तन नगरे मेयर बालेनले भारतीय सिनेमा काठमाडौँ महानगरमा चल्न नदिने चेतावनी समेत दिए। 

उनको चेतावनीले बलिउडमा खैलाबैला मच्चियो। सोही समयमा ‘आदिपुरुष’ चलचित्रका लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपाल १ सय १७ वर्षअघि भारतकै अंश रहेको विवादित बयान दिए। त्यसको भोलीपल्ट मेयर साहले चेतावनी अनुसार काठमाडौँ महानगरका १७ हलमा भारतीय चलचित्र प्रदर्शनीमै रोक लगाए। 

बालेनको चर्चा योभन्दा अगाडी नहुने भन्ने पक्कै होइन। उनी आफूले गरेको कामको प्रशंसा र विवादको शिखरमा छन्। 

तेसो त केही दिन अघि मात्र यो हप्ता काठमाण्डौ महानगरपालिकाले सार्वजनिक गाडीलाई व्यवस्थित बनाउन नयाँ बसपार्कबाट यात्रु चढाउने र ओराल्न सुरु गरेको छ। बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रका काउन्टर हटाइएका छन्। 

यसअघि काठमाडाैँ महानगरभित्रका विद्यालयमा भएका बेथितिविरुद्ध अभियान सुरु भएको थियो। सरकारी विद्यालयहरुले विभिन्न माग राख्दै हडतालको घोषणा गरे। तर, उनीहरुको घोषणा कार्यन्वयन हुन नपाउँदै बालेनले विद्यालय बन्द नहुने यदि कोही शिक्षक विद्यालयमा अनुपस्थित भए जागिर जाने भन्ने चेतावनी पछि हड्ताल फिर्ता गरे। 

महानगरपालिकाका विद्यालयमा केही न केही राम्रा काम भइरहेका छन्। शुक्रबार शुक्रबार अतिरिक्त क्रियाकलाप हुँदै आएको छ। बालेन आफैँ अपस्थित हुँदै आएका छन् शुक्रबारको कार्यमा। 

महानगरपालिकाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३ सय ४२ वटा निजी विद्यालयको नाम सार्वजनिक गरेपछि अहिले विद्यालयहरूले धमाधम छात्रवृत्ति दिन र त्यसको विवरण महानगरपालिकामा पठाउन थालेका छन्। 

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदै निजी विद्यालयहरूले कक्षा ११ मा भर्ना बापत लाग्ने पैसा लिन र भर्नासम्बन्धी सूचना प्रकाशन गर्न थालेपछि महानगरपालिकाले त्यसलाई रोकेको छ। 

अघिल्लो हप्ता कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै भृकुटीमण्डपमा हुन लागेको शैक्षिक मेला रोकिनुको खास कारण पनि यही थियो। शिक्षा मन्त्रालयले अनुमति दिएको र सभामुखले उद्घाटन गरेको मेला रोकिएपछि यसको बहस अदालतसम्म पुगेको छ। 

यतिमात्र होइन महानगरपालिका स्वास्थ्य क्षेत्रमा भएको बेथितिविरुद्ध पनि आक्रामक देखिन्छ। महानगरपालिकाले दर्ता नगरि सञ्चालित बौद्धको चाइनिज पिपल्स हस्पिटल प्रालि र कोटेश्वरको हाम्रो सहयात्री अस्पताल एन्ड बर्थिङ सेन्टरमा ताला लगाएको छ। पटक–पटक निर्देशन दिँदा पनि नियम नमानेपछि यी अस्पतालमा ताला लगाएको महानगरको भनाई छ। 

मेयर शाहले उपचारका लागि महानगरमा सञ्चालित अस्पतालले नियमअनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई अनिवार्य निःशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारवाही गर्ने चेतावनी दिइसकेका छन्।

बालेन अहिले मात्र होइन मेयरको पदभार ग्रहण गरेदेखि नै चर्चाको शिखरमा नै छन्। फोहोर व्यवस्थापन, बेसमेन्ट पार्किङ, फुटपाथ, डोजर, टुकुचा खोला खन्ने काम, सुकुम्बासी बस्ती र महानगरको सम्पदा संरक्षणका काममा उनले सक्रियता देखाएका थिए।

पछिल्लो समय ति कार्य अलपत्र जस्तै भएका छन्। थाहाँ छैन उनले गरेको कार्यको परिणाम कस्तो हुने हो। तर, उनले गरेको कामप्रति समर्थन नगर्ने सायदै होलान। कतिपयले उनको कामको विरोध गरेपनि उनी आफ्नो कामबाट कहिलेपछि हटेका छैनन्।  

Logo