काभा पुरुष भलिबलमा आज किर्गिस्तानसँग खेल्दै नेपाल

काभा पुरुष भलिबलमा आज किर्गिस्तानसँग खेल्दै नेपाल


किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पाँचौं खेलमा नेपालले आज शुक्रबार किर्गिस्तानको 'बी' टोलीसँग  प्रतिस्पर्धा गर्दैछ । बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले आयोजक टोलीको 'बी' टिमसँग खेल्नेछ। नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।

नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ। नेपालले अघिल्ला ४ खेलमा हार व्यहोरेको थियो। काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।नेपालले अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने छ ।

Logo